अर्जेन्टिनासँगको हारपछि फ्रान्सका एम्बाप्पेले गरे ठूलाे घाेषणा

काठमाण्डाैं

कतारमा सम्पन्न विश्वकप फुटबलमा गोल्डेन बुट विजेता बनेका केलियन एम्बाप्पेले फ्रान्स फेरि लयमा फर्किने बताएका छन्। फाईनल खेलमा अर्जेन्टिनासँग पराजित हुँदा फ्रान्स लगातार दोस्रो पटक विश्वकप जित्नबाट चुकेको थियो।

फाइनलमा ह्याट्रिक गरेका एम्बाप्पेले पटक पटक पछि परेको फ्रान्सलाई खेलमा फर्काएका थिए। खेलको ३६ मिनटभित्रै फ्रान्सले २ गोल खाएको थियो। २३ औं मिनेटमा मेस्सी र ३६ औं मिनेटमा डिमारियाले गोल गर्दै अर्जेन्टिनालाई उपाधितर्फ अगाडि बढाएका थिए।

तर निर्धारित समयको अन्तिम १० मिनेटमा एम्बाप्पेले चमत्कार गरे। ८० औँ मिनेटमा पहिलो गोल गरेका उनले ८१ औं मिनेटमा दोस्रो गोल गर्दै फ्रान्सलाई खेलमा फर्काए।

तर लियोनल मेस्सीले अतिरिक्त समयको १०८ औं मिनेटमा फेरि अर्जेन्टिनालाई अग्रता दिलाए। त्यो पनि अन्तिम २ मिनेटअघि एम्बाप्पेले तोड्दा उनले ह्याट्रिक मात्रै गरेनन् पराजयको नजिक पुगेको टोलीलाई फेरि सम्भावनातर्फ फर्काए।

अतिरिक्त समयमा पनि खेल ३-३ को बराबरीमा सकियो। पहिलो पेनाल्टी प्रहार गरेका उनले लगातार ३ पेनाल्टी र ४ गोल गरेका थिए। तर कोमनको प्रहार अर्जेन्टिनी गोलरक्षक मार्टिनेजले रोक्दा चोउमेनीको प्रहार बाहिरियो।

अर्जेन्टिनाका चारै प्रहार गोलमा परिणत हुँदा अर्जेन्टिनाले ३६ वर्षपछि उपाधि जित्यो। उक्त हारपछि सबैभन्दा तनावमा देखिएका थिए एम्बाप्पे। गोल्डेन बुट जित्दा पनि उनी खुसी देखिएनन्।

तर उनले सोमबार अपरान्ह ट्विट गर्दै आफूहरु फेरि फर्किने बताएका छन्। यद्यपि विश्वकपअघिको एक पत्रकार सम्मेलनमा यो पटक पनि युरोपेली देशबीच नै उपाधि भिडन्त हुने उनले बताएका छन्।

एम्बाप्पेले त्यसबेला दक्षिण अमेरिकी फुटबल अझै विश्वस्तरको भइनसकेको उनको तर्क थियो। तर उनको यो तर्कलाई अर्जेन्टिनाले फेल गराइँदिँदै एम्बाप्पेकै फ्रान्सलाई हराएर उपाधि जितेको छ। नेपाल खबरले लेखेकाे छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित पाेस्टहरु