थाहा छ कि छैन् ? एक लघुवित्तकाे सेयर मूल्य समायाेजन भयाे है

काठमाण्डाैं

हाल नेप्सेमा बिभिन्न कम्पनीकाे सेयरमूल्य समायाेजन भईहेकाे छ । यसैक्रममा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड (LLBS) को शेयरमूल्य समायोजन भएको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले यस दिन लघुवित्तको १५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो।

समायोजनपश्चात लघुवित्तको शेयरमूल्य ८२४ रुपैयाँ ३५ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार, लघुवित्तको शेयर दोस्रो बजारमा ९४८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा लघुवित्तको शेयर कारोबार खुल्नेछ।

लघुवित्तले फागुन २९ गते एघारौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा अग्रवाल भवन कमलपोखरी, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, सभाले अन्य उपयुक्त लघुवित्तलाई एक्वायर गर्ने सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरलाई सर्वसाधारण शेयर समूहमा परिणत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित पाेस्टहरु