फेरी २ कम्पनीकाे आईपीओ नेप्सेमा सूचिकृत भयाे है, कसकाे ओपनिङ रेञ्ज कति ?

काठमाण्डाैं

नेपाल स्टक एक्सचेञ्जमा शुभम पावर कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे छ । स्टकका अनुसार कम्पनीकाे २० लाख कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे हाे ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ८८ रूपैयाँ ४८ पैसादेखि अधिकतम २ सय ६५ रूपैयाँ ४४ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेकाे छ ।

कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि SPL सिम्बाेल प्राप्त गरेकाे छ । आगामी साताको पहिलो कारोबार दिन आइतबारबाट दोश्रो बजारमा कम्पनीको कारोबार सुरू हुनेछ ।

यसैगरी नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे छ । स्टकका अनुसार कम्पनीकाे २ कराेड १० लाख कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे हाे ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९९ रूपैयाँ ८० पैसादेखि अधिकतम २ सय ९९ रुपैयाँ ४ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेकाे छ ।

कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि SMHL सिम्बाेल प्राप्त गरेकाे छ । आगामी साताको पहिलो कारोबार दिन आइतबारबाट दोश्रो बजारमा कम्पनीको कारोबार सुरू हुनेछ ।

सुपर मादी हाइड्रोपावर लिमिटेडले माघ ९ गते, साेमबारदेखि माघ १२ गते, बिहीबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो।

सोमध्ये १० प्रतिशत अर्थात २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी ५ प्रतिशत अर्थात १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरेकाे थियाे ।

त्यसैगरी, २ प्रतिशतले हुन आउने ४२ हजार कित्ता कित्ता कर्मचारीहरुका लागि छुट्याइएको थियाे। सर्वसाधारणले बाँकी १७ लाख ४३ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियाे ।

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको थियो । गोलाप्रथाबाट गरिएको यस कम्पनीको आईपीओको बाँडफाँडमा १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले सेयर पाएका थिए । ११ लाख २४ हजार ३९३ आवेदकको हात खाली भएको थियाे ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित पाेस्टहरु