थाहा छ कि छैन् ? यी २ लघुवित्तको शेयरमूल्य समायोजन भयाे है

काठमाण्डाैं
फागुन १९ गते शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई लघुवित्तको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा डिप्रोक्स लघुवित्त र सर्पोट माइक्रोफाइनान्सको शेयरमूल्य समायोजन भएको हो।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी लघुवित्तहरुले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
यस दिन नेप्सेले डिप्रोक्स लघुवित्तको १० प्रतिशत र सपोर्ट माइक्रोफाइनान्सको ११ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजपश्चात डिप्रोक्सको मूलय ७४४ रुपैयाँ ५५ पैसा कायम भएको छ भने सपोर्टको ९९० रुपैयाँ ९९ पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी लघुवित्तहरुको शेयरमूल्य समायोजन गरेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार, दोस्रो बजारमा डिप्रोक्स लघुवित्तको शेयर प्रतिकित्ता ८१९ रुपैयाँ र सपोर्ट माइक्रोफाइनान्सको १ हजार १०० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा यी लघुवित्तहरुको शेयर कारोबार खुल्नेछ। डिप्रोक्स लघुवित्त वित्तीय संस्था (DDLB) ले फागुन ३० गते होटल सेभेन स्टार प्रा.लि., सौराहा, चितवनमा बिहान ११ बजे एक्काइसौँ वार्षिक साधारण सभा बोलाएको छ।
सभाले डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई १ बराबर १ शेयर स्वाप अनुपातमा प्राप्त गर्ने, प्राप्ति सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्राप्तिपश्चात डिप्रोक्स लघुवित्तको नामबाट एकिकृत कारोबार गर्नेलगायतका प्रस्तावहरु पारित गर्नेछ।
यसका साथै सभाले १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ११.०५२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड (SMB) ले भने चैत ४ गते दुर्गा पार्टी प्यालेश, इटहरी, सुनसरीमा बिहान साढे ९ बजे आठौँ वार्षिक साधारण सभा बोलाएको छ।
सभाले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले बानेस शेयर र सोको कर प्रयोजनार्थ ०.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
यसका साथै सभाले अन्य उपयुक्त लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालक समितिमा सर्वसाधारण शेयरधनी समूहको तर्फबाट दुई जना सञ्चालक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।