विश्व कबड्डी जगतमा नेपाललाई ऐतिहासिक पदक मिल्याे

काठमाडौं

दोश्रो जुनियर विश्व कबड्डी प्रतियोगितामा नेपालले ऐतिहासिक कास्य पदक जितेको छ । फाइनल प्रवेशका लागि भएको खेलमा आयोजक इरानसँग ६०-३७ ले पराजित भएपछि नेपालले कास्य पदक हात पारेको हो ।

त्यसअघि नेपालले क्वाटरफाइनलमा इराकलाई ६४-६३ ले हराउँदै नेपाल सेमिफाइनलमा स्थान पक्का गरेको थियो । नेपालले पहिलो पटक जुनियर विश्व कबड्डीमा कास्य पदक जितेको हो ।

नेपालसँगै पाकिस्तानले कास्य पदक जितेको छ । प्रतियोगिताको उपाधि भने भारतले जितेको छ । फाइनलमा भारतले इरानलाई हराएर उपाधि जितेको हो । प्रतियोगितामा सहभागी हुन १० पुरुष खेलाडीसहित १६ सदस्यीय नेपाली टोली इरानमा गएका थिए ।

नेपाली टोलीमा घनश्याम रोका मगर, सरमन प्रजापति, प्रकाश गिरी, आकाश भट्ट, रामु टमाटा, विजय दमाइ, सागर यादव, दिपेन्द्र यादव, गणेश पार्की र इशरार खान रहेका छन् ।

प्रशिक्षकमा कबड्डीकी प्रमुख प्रशिक्षक पार्वती राई र अरविन्दकुमार झा, व्यवस्थापकमा लक्ष्मण बराल तथा निर्णायकमा विरेन्द्रकुमार यादव छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित पाेस्टहरु