नेप्सेमा ४ कम्पनीको मूल्य समायोजनका साथै २ कम्पनीको बोनस सेयर सूचिकृत भयाे

काठमाण्डाैं

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप ४ कम्पनीको मुल्य समायोजन भएको छ। स्टकको अनुसार साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २६ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ८८८.१० रुपैयाँ कायम गरेको हो ।

नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य १११९ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो । त्यस्तै, सल्ट ट्रडिङ कर्पोरेशनको १० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३९४०.९१ रुपैयाँ कायम गरेको हो ।

नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य ४३३५ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो । त्यस्तै, सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेडको ८.५३४ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३११.४२ रुपैयाँ कायम गरेको हो । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य ३३८ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।

त्यस्तै, आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको १४.२८५७ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ७५२.५० रुपैयाँ कायम गरेको हो । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य ८६० रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।

यसैबीच नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहिबार) २ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । स्टकका अनुसार बुटवल पावर कम्पनी लिमिटेडकाे ५ प्रतिशत बोनस बापतको १६ लाख २७ हजार ३ सय ७८ कित्ता सेयर सूचिकृत भएको हो ।

त्यसैगरी, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे १३ प्रतिशत बाेनस बापतकाे ३६ लाख १३ हजार ५ सय दशमलव २५ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित पाेस्टहरु