छुट्ला है! यी ३ लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हाे

काठमाण्डाैं

तीन लघुवित्त कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । मनकामना स्मार्ट लघुवित्त, समता घरेलु लघुवित्त र आरएमडिसी लघुवित्तले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज (मंगलबार) अन्तिम दिन रहेको हो ।

साधारणसभाको मिति तय गरि साधारणसभा तथा लाभांश प्रयोजनकालागि तीनवटै लघुवित्तले चैत्र १ बुकक्लोज गर्ने निर्णय गरेका थिए तसर्थ आज फागुन ३० गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र सो लाभांश लिन र उक्त साधारण सभामा सहभागि हुन पाउनेछन् ।

मनकामना स्मार्ट लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यस्तै, समता घरेलु लघुवित्तले चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरी ३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ।

त्यसैगरी आरएमडिसी लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको २६ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १.३६ प्रतिशत नगद लाभांश गरी कुल २६.३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित पाेस्टहरु