ए डिभिजन लिगमा मनाङकाे सानदार जित, अंक तालिकामा ठूलाे फड्काे

काठमाण्डाैं

सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लब अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। मनाङले बुधबार साँझ दशरथ रंगशालामा भएको खेलमा न्युरोड टिम एनआरटीलाई ३-१ गोलले पराजित गरेको हो।

जारी लिगमा दोस्रो जित हात पारेको मनाङले चार मध्ये दुई खेलमा बराबरी खेलेको छ। बुधबार मनाङको जितमा पहिलो हाफमा रोशन रानामगरले ३९ मिनेटमा पहिलो गोल गरे।

दोस्रो हाफमा मनाङका लागि डाभ्लाटजोनोभले ६९ मिनेटमा दोस्रो गोल गर्दा कोफी टिमोथीले ८७ मिनेटमा तेस्रो गोल गर्न सफल भए। एनआरटीका अशोक थापाले दोस्रो हाफको इन्जुरी टाइममा गरेको गोल सान्त्वनामा सीमित बन्यो।

यससँगै लिगको चौथो चरणका खेल सकिएका छन्। चौथो चरणसम्म चर्च ब्वाइज १० अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको सातदोबाटोको ९ अंक छ भने तेस्रो स्थानको मनाङको ८ अंक छ।

चौथो स्थानको जावलाखेल युथ, पाँचौ स्थानको एपिएफ र छैटौं स्थानको थ्रीस्टारको समान ७-७ अंक छ। यसैगरी एपीएफ क्लबले लिगमा दोस्रो जित निकालेको छ ।

च्यासल मैदानमा बुधबार अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले हराउँदै एपीएफले दोस्रो जित निकालेको हो । एपीएफको जितमा मणि कुमार लामाले निर्णायक गोल गरे ।

खेलको ३७ औं मिनेटमा मणिले निर्णायक गोल गरेका हुन् । विपिन श्रेष्ठको क्रसमा अनमार्क रहेका मणिले वान टचमा गोल गरे । त्यसबाहेक दुबै टोलीले थुप्रै गोलको अवसर खेर फालेका थिए ।

खेलको१२ औं मिनेटमा एपीएफका कप्तान नविन लामाको फ्रिकिकमा सनिश श्रेष्ठको हेडर पोस्ट माथिबाट बाहिरिएको थियो । १४ औं मिनेटमा आर्मीका दिनेश हेन्जनको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।

खेलको २० औं मिनेटमा आर्मीका दिनेशको कर्नरमा आर्मीका विकास खवासले पेनाल्टी क्षेत्रभित्रबाट बाहिर प्रहार गरे। २८ औं मिनेटमा आर्मीका कप्तान भरत खवासले बाहिर प्रहार गरे ।

खेलको २९ औं मिनेटमा आर्मीका दिनेशको क्रसमा एपीएफका गोलकिपर संजित श्रेष्ठले रोक्न नसेको बललाई सबिन थापाले क्लियर गर्दै खतरा टारे । खेलको ३८ औं मिनेटमा आर्मीका कप्तान भरतले पेनाल्टी बक्स भित्रबाट प्रहार गरेको बल पोस्टको माथिबाट बाहिरिएको थियो ।

६३ औं मिनेटमा एपीएफका मणिको प्रहार पोस्टको माथिबाट बाहिरिएको थियो । जितसँगै एपीएफले ४ खेलमा ७ अंक जोडेको छ । आर्मीको यो पहिलो हार हो । आर्मीले ४ खेलमा ५ अंक जोडेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित पाेस्टहरु