नेपाली फुटबल जगतलाई ठूलाे खुसीकाे खबर, नयाँ प्रशिक्षक एनीस आएसँगै भयाे यस्ताे ठूलाे सम्झाैता

काठमाडौं

नेपाली राष्ट्रिय फुटबल टिमका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसको पारिश्रमिक दक्षिण कोरिया एफएले उपलब्ध गराउने भएको छ ।

जसका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले दक्षिण कोरिया फुटबल एसोसियसनसँग आर्थिक सहायतामा सम्झौता गरेको छ । एन्फाका महासचिव किरण राई र कोरिया एफएका महासचिव हान्जिन चुनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

रुवान्डामा आयोजना भएको फिफा कंग्रेस दौरान सम्झौता पत्रमा हस्ताक्षर भएको हो । प्रशिक्षक भिन्सेन्जोले एन्फासँग एक वर्षको सम्झौता गरेका छन् ।

तीन हप्ता अघि एन्फाको कार्यसमिति बैठकले इटालीका भिन्सेन्जोलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको थियो। पदपूर्ति समितिले सिफारिस गरेको अनुसार बैठकले भिन्सेन्जोलाई नियुक्ति गरेको हो ।

मुख्य प्रशिक्षकका लागि १ सय ६८ जनाको आवेदन आएको थियो । जसमा पदपूर्ति समितिले २० जनालाई सर्टलिस्ट गरेको थियो । ३८ वर्षीय अनुभवी प्रशिक्षक भिन्सेन्जोले यस अघि बेलिजको राष्ट्रिय फुटबल टिम हेरेका थिए ।

यूईएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षकले भारतीय क्लब गोकुलम केरलालाई दुई पटक आई लिगको उपाधि दिलाएका थिए । उनले इन्डियन सुपर लिगमा नर्थ इस्ट युनाइटेडको टोली समेत सम्हालिसकेका छन् ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गत भदौमा राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षक विहीन रहेको थियो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित पाेस्टहरु