ए डिभिजन लिगमा ४ टिमका २ धमाकेदार खेल, काे-काे खेल्दैछन् त ?

काठमाडौं

नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा आज शुक्रबार दुई खेलहरु हुँदैछन्। लिगको पाँचौं चरण अन्तर्गत शुक्रबार दुई खेलहरु हुनेछन् । जसमा एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।

च्यासलमा हुने खेलमा चर्च ब्वाइज युनाईटेड र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। चर्च ब्वाइज र मछिन्द्रबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।

आज चर्च ब्वाइज चौंथो जितको खोजीमा हुनेछ । चर्च ब्वाइज ४ खेलमा १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ। चर्च ब्वाइज मछिन्द्रलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ ।

मछिन्द्र भने दोस्रो जितको खोजीमा हुनेछ । मछिन्द्र ४ खेलमा ४ अंक जोडेर १२ औं स्थानमा रहेको छ। यस्तै एन्फा कम्प्लेक्समा थ्री स्टार क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । थ्री स्टार र जावलाखेलबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ।

थ्री स्टार आज तेस्रो जित निकाल्ने योजनामा रहेको छ । थ्री स्टार ४ खेलमा ७ अंक जोडेर छैटौं स्थानमा रहेको छ। जावलाखेल पनि तेस्रो जितको खोजीमा हुनेछ । जावलाखेल ४ खेलमा ७ अंक जोडेर चौंथो स्थानमा रहेको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित पाेस्टहरु