कतार विश्वकप भोलिबाट सुरु हुँदै, नेपाली समयानुसारको खेल तालिका यस्ताे बन्याे..

काठमाण्डाैं
नेपाली समय अनुसार मंसिर ४ गते राती ९ः४५ बजेदेखि कतारमा फिफा विश्वकप सुरु हुँदै छ । प्रतियोगिता अन्तर्गत प्रारम्भिक चरणमा आठ समूहमा विभाजित रहेर ३२ राष्ट्र प्रतिस्पर्धा गर्नेछन्। विश्वकपको पहिलो खेल नै आयोजक कतार र इक्युडोर बीच प्रतिस्पर्धा हुने छ ।
प्रतिस्पर्धाका लागि ३२ टोली मध्ये लीग खेल प्रत्येक समूहका चार चार टोलीबीच हुनेछ। खासगरी विश्वकपमा सहभागी हुने ३२ राष्ट्रमा युरोपका १३ देश रहेका छन ।
जसमा चार पटक विश्व विजेता जर्मनी, दुई पटक विश्व विजेता फ्रान्स, एक पटक विश्व विजेता स्पेन र इङ्ग्ल्यान्डसहित डेनमार्क, बेल्जियम, क्रोएशिया, सर्बिया, नेदरल्यान्ड्स, स्विट्जरल्यान्ड, पोर्चुगल, पोल्यान्ड र वेल्स कतारमा खेल्नेछन्।
एशियाबाट छ देश विश्वकप खेल्नका लागि छनोट भएका छन् जसमा जापान, अस्ट्रेलिया, दक्षिण कोरिया, इरान, साउदी अरब र कतार छन्। अफ्रिकाबाट घाना, सेनेगल, ट्यूनिशिया, मोरक्को र क्यामरून सहभागी छन्। त्यस्तै दक्षिण र उत्तर अमेरिकाबाट समान चार टोलीले कतारमा हुने विश्वकप खेल्ने छन्।
दक्षिण अमेरिकाबाट हालसम्म सबैभन्दा बढी पटक विश्वकप उचालेको ब्रजिल, दुई पटकको विश्व विजेता आर्जेन्टिना र युरुग्वे अनि इक्वेडर प्रतिष्पर्धामा उत्रिदै छन्। उत्तर अमेरिकाबाट भने क्यानडा, मेक्सिको, अमेरिका र कोस्टारिका छन्।
आठ समुहमा कुन कुन टिम बलियो ?
समूह ‘ए’
समुह ‘ए’मा आयोजक कतार सहित नेदरल्यान्ड, सेनेगल, इक्वेडोर प्रतिस्पर्धा गर्दै छन । जसमा कतार विश्वकपमा पहिलोपटक सहभागिता जनाउदै छ । फिफा वरीयतामा ५० औं नम्बरमा रहेको छ ।
त्यस्तै ११ औं पटक विश्वकपमा सहभागिता जनाएको नेदरल्यान्ड्स विश्वकपमा उत्कृष्ट १९७४, १९७८, २०१० उपविजेता बनेको थियो । त्यस्तै सेनेगल तस्रोपटक सहभागिता जनाउन लागेको छ । त्यस्तै इक्वेडरको यो सहित विश्वकप खेलमा चौथा सहभागिता जनाउन लागेको हो ।
समूह ‘बी’ का टिम
इङ्ग्ल्यान्ड, इरान, अमेरिका र वेल्स एउटै समुहमा परेका छन । फिफा वरीयतामा सबैभन्दा माथि रहेको समुहमा समुह बी पर्छ । यो विश्वकपमा इंग्ल्यान्ड १६ औं पटक विश्वकपमा सहभागी हुँदै छ भने यो टिमका प्रमुख खेलाडी ह्यारी केन लोकप्रिय छन ।
अमेरिकापनि ११ औं पटक विश्वकपमा सहभागी हुँदै छ । फिफा वरियातामा १६ औं स्थानमा रहेको अमेरिका सन १९३० को विश्वकपमा तेस्रो स्थान हात पारेको थियो ।
वेल्स दोस्रो पटक विश्वकपमा सहभागी हुँदै छ । गारेथ बेल यो टिमको सबैभन्दा प्रमुख खेलाडी हसन । त्यसैगरी इरान पनि समुह बी मै प्रतिस्पर्धा गर्दै छ ।
समुह ‘सी’
समुह सीमा अर्जेन्टिना, साउदी अरब, मेक्सिको, पोल्यान्ड सहभागी छन । यो समुहमा सबैभन्दा बलियो टिम अर्जेन्टिना देखिन्छ । दुई पटक विश्वकप जितिसकेको अर्जेन्टिना यो पटक पनि प्रमुख दाबेदारको रुपमा उभिएको छ ।
त्यस्तै छैटौं पटक साउदी अरेबिया सहभागी हुँदै छन भने मेक्सीको १७ औं पटक भाग लिदै छ । यस अघि मेक्सिको दुई पटक क्वाटरफाइनलसम्म पुगेको छ । पोल्यान्ड नवौं पटक सहभागिता जनाउदै छ । पोल्यान्ड फिफा वरीयतामा २६ औं स्थानमा छ ।
समुह ‘डी’ : समुह डीमा फ्रान्स, अष्ट्रिलिया, डेनमार्क र ट्युनिसिया रहेका छन । यो समुहमा सबैभन्दा बलियो टिम फ्रान्स रहेको छ जसले यस भन्दा अघि दुई पटक विश्वकप जितिसकेको छ ।
समुह ‘ई’: विश्वकप फुटबल प्रतियोगिताका लागि समूह ’ई’ मा स्पेन, जर्मनी, कोस्टारिका र जापान रहेका छन् । अझ रोचक त युरोपेली महारथीहरू स्पेन र जर्मनी विश्वकपको समूह ‘इ’ मा आमनेसामने हुँदै छन । स्पेनको विश्वकपमा १६ औं सहभागिता हो भन २०१०को विजेता समेत हो ।
त्यस्तै जर्मनी १९५४, १९७४, १९९० र २०१४ को विश्वकप बिजेता हो । कोस्टारिकाको यो सहित छौटौं पटक विश्वकपमा सहभागी हुँदै छ । यस अघि २०१४ मा क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो । जपान यो सति सातौं पटक सहभागीता जनाउदै छ ।
समूह ’एफ’ : समूह ’एफ’ मा बेल्जियम,क्रोएसिया,क्यानडा र मोरक्को रहेका छन् । बेल्जियम विश्वकपको १४ औं पटक सहभागिता जनाउदै छ भने २०१८ मा तेस्रो बनेको थियो । क्रोएसियाको यो पटक सहित छैटौं सहभागिता हो । जसमा क्रोएसिया सन् २०१८ मा उपविजेता बनेको थियो ।
त्यस्तै क्यानडाको यो विश्वकप दोस्रो पटक सहभागिता जनाउदै छ । यस अघि एकमात्र सहभागिता जनाउँदा १९८६ मा समूह चरणबाटै बाहिरिनु परेको थियो । त्यस्तै मोरक्को छौटौं पटक विश्वकप खेल्दै छ ।
समुह ‘जी’: समुह जीमा ब्राजिल, सर्बिया, स्वीजरल्यान्ड, क्यामारुन प्रतिस्पर्धामा छन । जसमध्ये सबैभन्दा बलियो ब्राजिल छ । पटक पटक विश्वकप जितिसकेको यो टिम यो पटक पनि विश्वकप उपाधिको लागि बलियो दाबेदार देखिन्छ । ब्राजिलले सन् १९५८, १९६२, १९७०, १९९४, २००२ को विजेता हो । ब्राजिल बाहेक अन्य तिन देश कमजोर नै मानिन्छन ।
समुह ‘एच’: समुह एच सबैको चासो रहेको समुह पनि हो । किनकी यो समुहमा पोर्चूगल, घाना, उरुग्वे, दक्षिण कोरिया मैदानमा छन । सबै भन्दा बलियो पोर्चूगल छ भने अन्य टिम पनि कमजोर छैनन् ।
अहिलेसम्म क–कसले विश्वकप जिते?
ब्रजिलः पाँच पटक (सन् १९५८, १९६२, १९७०, १९९४, २००२) । जर्मनीः चार पटक (सन् १९५४, १९७४, १९९०, २०१४) । इटलीः चार पटक (सन् १९३४, १९३८, १९८२, २००६) । आर्जेन्टिनाः दुई पटक (सन् १९७८, १९८६)
फ्रान्सः दुई पटक (सन् १९९८, २०१८) । उरुग्वेः दुई पटक (सन् १९३०, १९५०) । स्पेनः एक पटक (सन् २०१०) । इङ्गल्यान्डः एक पटक (सन् १९६६)
कतार विश्वकपको धनराशी
विश्वकप बिजेता ४२ मिलियन डलर । उपबिजेता ३० मिलियन डलर । तेस्रो स्थान २७ मिलियन डलर । चौथो स्थान २५ मिलियन डलर
पहिलो चरणको खेलका तालिका र समय