अन्ततः निःशुल्क हेर्न मिल्ने भयाे विश्वकपका सबैभन्दा महत्वपूर्ण यी खेलहरु

काठमाडौं

कतारमा आयाेजना भईरहेकाे फिफा विश्वकप २०२२ आजबाट सुरू हुँदैछ । नेपालका लागि विश्वकपको प्रत्यक्ष प्रसारणकाे अधिकार पाएकाे मिडिया हब प्रालिले प्रतियाेगिताका अधिकांश खेल हिमालय प्रिमियम च्यानलमा प्रसारण हुने जानकारी दिएकाे छ ।

आजदेखि सञ्चालनमा आएको यो च्यानल सब्सक्राइब गरेर विश्वकप फुटबलका खेल हेर्न सकिने छ । यसका लागि दर्शकले करसहित ५६५ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

तर, मिडिया हबले विश्वकपका उद्घाटन समाराेहसहित चार खेल निःशुल्क प्रसारण हुने बताएकाे छ । यसकाे अर्थ यी खेल प्रिमियम च्यानलको सब्स्क्रिप्सन नलिएरै हेर्न सकिने छ ।

प्राप्त जानकारीअनुसार आज हुने कतार र इक्वेडरबीचको उद्घाटन खेल, सेमिफाइनलका दुवै खेल र फाइनल खेल गरी चार खेलको प्रत्यक्ष प्रसारण हिमालय टिभीमा निःशुल्क हेर्न सकिनेछ ।

विश्वकपकाे सब्सक्रिप्सन नलिएका दर्शकले हिमालय टिभीबाट यी खेल हेर्न सक्नेछन् । आइतबार साझ ७:४५ देखि विश्वकपकाे उद्‍घाटन समारोह सुरू हुनेछ भने कतार र इक्वेडरबीचको खेल ९ः४५ बाट सुरू हुनेछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित पाेस्टहरु